You are viewing the translated version of स्थायी म्यागजिनको ढाँचा.
(नियम १४ संग सम्बन्धित)
स्थायी म्यागजिनको ढाँचा
१. बनावट ः भूमि सतह वा भूमि तल बनाइने कुनै पनि स्थायी म्यागजिन निम्न प्रकारहरूमध्ये
हुनुपर्छः– विल्डि· टाइप, इग्लु टाइप, पोर्टेबल टाइप, टनेल टाइप वा डगआउट टाइप ।
२. भित्ता र परखाल ः विल्डि· टाइपको म्यागजिनको भित्ताहरू चोरी तथा गोली नछेड्ने
वस्तुहरूले ठोस किसिमसंग बनाइएको हुनुपर्छ । भित्ताहरू निम्न प्रकारको वा कमसेकम
उत्तिकै चोरी तथा गोली नछेड्ने अरु कुनै वस्तुहरूद्वारा बनाइनु पर्छ ।
(क) कमसेकम १५० मिलिमिटर बाक्लो कंक्रीट, पक्की ईट, ढु·ा वा काठको, वा
(ख) छानेको बालुवा, ब्रिक कंक्रीट, सिमेन्ट मोरटार वा अन्य उत्तिकै गोली नछेड्ने वस्तुले
परेको कंक्रीट ब्लकको, वा
(ग) कमसेकम १५० मिलिमिटर फासलामा राखेको दुइटा काठको पाताको बीचमा
छानेको बालुवा र ब्रिक कंक्रीट, सिमेन्ट मोरटार वा अरु उत्तिकै गोली नछेड्ने वस्तुले
भरी बाहिरी पातामा कमसेकम ०.४५७ मिलिमिटर (नं. २६ गेज) बाक्लो सिट
आइरन वा अरु आगोले नछुने वस्तुले छाएको (ढाकेको) वा
(घ) कमसेकम २.०३२ मिलिमिटर (नं. १४ गेज) बाक्लो इस्पातको पाताको भित्रपट्टी
कमसेकम ५० मिलिमिटर बाक्लो कडा काठ (हार्डड) वा कमसेकम ७५ मिलिमिटर
बाक्लो नरम काठ (सफ्ट उड) वा कमसेकम १.५० मिलिमिटर बाक्लो ब्रिक कंक्रीट,
सिमेण्ट मोरटार, ईट वा छानेको बालुवाले छाएको ।
भूमि सतहमाथिको कुनै टनेल वा डगआउट टाइपको म्यागजिनलाई घेर्ने
कृतिम परखालको नाप पनि माथि उल्लेख भए झै हुनपर्छ । भूमिगतको स्थायी
म्यागजिनलाई घेर्ने कृतिम परखाल पनि कमसेकम ५० मिलिमिटर बाक्लो काठ वा
कमसेकम उत्तिकै बलियो अरु वस्तुको बनाउनु पर्छ ।
३. जग ः विल्डि· टाइपको म्यागजिनको जग बलियोसंग बनाइनु पर्छ र म्यागजिनको भूई र
भूमि सतहको बीचको खाली ठाउ“लाई कुनै मानिस, पशु पक्षी, अगुल्टो वा कुनै अग्निकण (
स्पार्क) झिल्का इत्यादि पस्न नसक्ने गरी ढाकेको हुनु पर्छ ।
४. छाना ः विल्डि· टाइपको म्यागजिनको छाना आगोले नछुने तथा चोरी हुन नसक्ने हुनु पर्छ
जस्तै कि सिट आइरन वा स्लेटले ढाकेको १८.०५ मिलिमिटर सिंदि·द्वारा आगोले नछुने
वस्तुले बनाएको छाना कमसेकम ०.४५७ मिलिमिटर (नं. २६ गेज) बाक्लो सिट आइरन वा
अरु आगोले नछुने वस्तुले ढाकेको हुनु पर्छ । छानाबाट सोझै विष्फोटक पदार्थमा गोली
हान्न सकिने गरी राखिएको म्यागजिनको छानालाई गोली नछेड्ने वस्तुको छाना हाली वा
म्यागजिन भित्रको सिलि·मा कमसेकम १०० मिलिमिटर बाक्लो बालुवा वा अन्य उत्तिकै
गोली नछेड्ने वस्तुको छत्र राखी वा अन्य कुनै तरीकाले गोली नछेड्ने बनाइनु पर्छ ।
५. ढोका ः भूमि सतहमा बनाइएका म्यागजिनका ढोकाहरू निम्न नाप बमोजिमको बनाइनु
पर्छ ः–
(क) कमसेकम १५० मिलिमिटर बाक्लो काठको, वा
(ख) कमसेकम १०० मिलिमिटर बाक्लो रिइनफोर्सड कंक्रीटको, वा
(ग) ५० मिलिमिटर बाक्लो काठको लाइनिंगसहितको ९ मिलिमिटर बाक्लो इस्पातको
वा ९ मिलिमिटरभन्दा पातलो इस्पातको बनाउने भए इस्पातको हरेक ३
मिलिमिटर घटी गरेको २५ मिलिमिटरका दरले काठको मोटाई बढाई, वा
(घ) कमसेकम १०० मिलिमिटरको फासलामा राखेको काठको पाताको बीचमा छानेको
बालुवा वा अरु त्यस्तै गोली नछेड्ने बस्तुले भरी बाहिर कमसेकम ०.४५७
मिलिमिटर (नं. २६ गेज) बाक्लो फलामको पाता वा अरु कुनै आगोले नछुने
बस्तुले ढाकेको ।
जमीन मुनि बनाइएका म्यागजिनका ढोकाहरू कमसेकम ५० मिलिमिटर बाक्लो
काठ वा उत्तिकै वा त्यसभन्दा अधिक बलियो अन्य कुनै वस्तुले ठोस किसिमसंग
बनाइनु पर्छ ।
स्थायी म्यागजिनको ढोकामा निम्न बमोजिमको ताला लगाइनु पर्छ ः–
(क) दुईटा भोटे ताल्चा, वा
(ख) छुट्टै अन्तरापमा लगाइएका दुईटा पांग्रे ताल्चा, वा
(ग) एउटा भोटे ताल्चा र एउटा पांग्रे ताल्चा, वा
(घ) दुईटा सा“चोले खोल्नुपर्ने एउटा भोटे ताल्चा ।
पांग्रे ताल्चा र भोटे ताल्चाहरू बहूतै मजबूत हुनुपर्छ । ढोकामा राखिने कब्जा,
अन्तराप इत्यादि बलियो हुनु पर्छ र ताला लगाएपछि त्यसको कुनै पेच, वासर (नट) बोल्ट
इत्यादि बािहरबाट खोल्न नसकिने गरी लगाएको हुनुपर्छ ।
म्यागजिनमा प्रवेशद्वार र हावाद्वार बाहेक अरु कुनै प्रकारको खुला प्वा“ल हुनु हु“दैन ।
जगको प्वाल (फाउण्डेशन मेण्ट) छेर्की किसिमको (अफसेट टाइप) हुनुपर्छ र सबै
प्वालहरूलाई धातुको बलियो जाली राखी वा अन्य कुनै प्रकारको बनावटबाट मानिस, पशु,
पक्षी, आगो, झिल्का इत्यादि पस्न नसक्ने म्यागजिन भित्र राखेको विस्फोटक पदार्थलाई
विस्फोटक गर्न सक्ने कुनै गोली समेत सोझै छिर्न नसकिने गरी बनाइनु पर्छ ।
भूमिमाथिका कुनै स्थायी म्यागजिन वा त्यसको बाहिरी परखालमा राखिने कुनै पनि
संकेत पाटी यस्तो प्रकारले राख्नु पर्छ कि त्यस पाटीका मुखबाट छिरी जाने कुनै पनि
गोलीले म्यागजिनमा पर्न नसकिने होस्